१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रिपब्लिक मिडिया पुरस्कृत

काठमाडौं- नेपाल रिपब्लिक मिडियाले सन् २०१६ को विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) संरक्षण मिडिया पुरस्कार प्राप्त गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा महान्यायाधिवक्ता रमण श्रेष्ठले मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीलाई शुक्रबार उक्त पुरस्कार हस्तान्तरण गरे।

जलवायु परिवर्तन, वन्यजन्तु, प्राकृतिक सम्पदा, जैविक विविधता तथा चुरे स्खलनलगायत वातावरणका विषयमा मिडियाका छापा तथा डिजिटल प्रकाशनले अनुसन्धानमूलक समाचार र नवीन प्रस्तुतिमार्फत आमपाठकमा जनचेतना जगाउन सफल भएको भन्दै कोषले पुरस्कार प्रदान गरेको हो। चुरे विनाश, बागमती संरक्षण, वन्यजन्तु सिकार, आखेटोपहार तस्करीलगायत महŒवपूर्ण मुद्दामा गहन अनुसन्धान गरी समाचार प्रकाशन गरेकाले पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ।

जलवायु परिवर्तन, वन्यजन्तु, प्राकृतिक सम्पदा, जैविक विविधता तथा चुरे स्खलनलगायत वातावरणका विषयमा मिडियाका छापा तथा डिजिटल प्रकाशनले महŒवपूर्ण कभरेज गरेको भन्दै कोषले पुरस्कार प्रदान गरेको हो। संरक्षण मिडिया पुरस्कार संस्थागततर्फ केन्द्रबाट नेपाल रिपब्लिक मिडिया तथा मोफसलबाट सुदूरपश्चिम मिडिया विकास केन्द्रलाई संयुक्त रूपमा प्रदान गरिएको हो। पुरस्कारको एकमुष्ट राशि ५० हजार रुपैयाँ छ।

१० औं संरक्षण दिवसको अवसर पारेर वन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाली सेनाको श्रीजंग गण तथा कैलालीको चेतना महिला सामुदायिक वन उपभक्ता समितिलाई अब्राहम संरक्षण पुरस्कार प्रदान गरिएको थियो। अब्राहम पुरस्कार व्यक्तितर्फ टासी राप्ते घले तथा तुलसी देवकोटालाई संयुक्त रूपमा र युवा संरक्षण नेता पुरस्कार नरेश कुसी एवं व्यक्तिगततर्फ संरक्षण मिडिया पुरस्कार प्रगति ढकाललाई दिइएको छ।

कार्यक्रममा नेपाल वातावरण पत्रकार समूहले तयार गरेको संरक्षणका कथा समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। पुरस्कृत व्यक्ति र संघसंस्थालाई विभिन्न क्षेत्रमा परिचित व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए।

राष्ट्रिय संरक्षण पुरस्कार भोजराजलाई

सरकारले यस वर्षको राष्ट्रिय संरक्षण पुरस्कार कैलालीका भोजराज श्रेष्ठलाई प्रदान गरेको छ। १ लाख ५० हजार रुपैयाँको उक्त पुरस्कार पन्छी संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रदान गरिएको छ। गुलेलीबाजेका रूपमा परिचित श्रेष्ठले चरा सिकारीबाट करिब ३ हजार गुलेली जफत गरेको र पन्छी संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रदान गरिएको हो।

 

प्रकाशित: ८ आश्विन २०७३ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App