१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

लोप हुँदै ‘बुरांज्या’ पर्व

यी तस्बिरहरू कुनै जात्रापर्वका होइनन्। न त कुनै सांस्कृतिक कार्यक्रम र भोजभतेरका नै हुन् । बरु कृषि कर्मको हो । किसानले धान भित्राउँदा गरिने कर्मका तस्बिरहरू हुन् यी। जसलाई स्थानीय नेपालभाषामा ‘बुरांज्या’ भनिन्छ । जसको अर्थ खेतबाट कालो धान भित्र्याउनु हो।

खेतबाट कालो धान भित्र्याउनका लागि काटेपछि खेतमा चुटिँदैन । बरु धानलाई खेतमै परालको कुन्यको बीचमा राखिन्छ । यसरी राखेको धान आठ–दस दिनमा कालो भएको हुन्छ । यसरी राखेको धानलाई घर भित्र्याउने परम्परालाई स्थानीय भाषामा बुरांज्या (कालो धान भित्र्याउने परम्परा) भनिन्छ।

भक्तपुरमा यो वर्ष पनि हजारौं किसान परिवारले धान काटेका छन्। तर, यो बीचमा सम्भवतः कृष्णरामको परिवार एउटाले मात्रै यो परम्परा अनुसार धान भित्र्याएका हुन्। परम्परा जोगाउने नाममा अनावश्यक खर्च र समय मात्रै जाने भन्दै सबैले यो परम्परा छोडिसकेका छन्।

यो पटक भक्तपुरको कालिघाट व्यासीका कृष्णराम बासुकलाको परिवारले यसरी नै धान भिœयाएका छन् । चाँगुनारायण नगरपालिका–२, दुवाकोट कासन खेतबाट उनले परम्परा अनुसार यसरी नै धान भित्र्याएका हुन्।

भक्तपुरमा यो वर्ष पनि हजारौं किसान परिवारले धान काटेका छन् । तर, यो बीचमा सम्भवतः कृष्णरामको परिवार एउटाले मात्रै यो परम्परा अनुसार धान भिœयाएका हुन् । परम्परा जोगाउने नाममा अनावश्यक खर्च र समय मात्रै जाने भन्दै सबैले यो परम्परा छोडिसकेका छन् । यो परम्परा गर्दा सहभागी सबैलाई खेतमै भोज खुवाउनुपर्ने चलन छ।

केही दशकअघि भने यो परम्परा धेरै प्रख्यात थियो । तर, हिजोआज यो परम्परा झण्डै लोप भइसकेको छ । यही लोप भएको परम्परालाई कृष्णरामको परिवारले जीवन्तता दिएका हुन्।

किसान कृष्णरामले लोप भएको संस्कृति परम्परालाई ज्वलन्त गराउन आफूले यस्तो कार्यक्रम गरिएको सुनाए । कार्यक्रममा परम्परा अनुसार धान भित्र्याउनुअघि पूजाथालीसहित राधेश्यामको परिवार, नातागोता, छरछिमेकहरू स्थानीय नेवारी पोशाकमा खेतमा पुगेका थिए । खेतमा पुगेर उनीहरूले धानलाई पूजाआजा गरेका थिए । पूजाआजापछि खर्पनमा धानसहित केरा, उखुको बोट, फूलहरू राखेर बोकेर भक्तपुर बजार परिक्रमा गरेका थिए । यो क्रममा बासुरी बाजाका कलाकारहरूले बाँसुरी बजाएर मनोरञ्जन दिए । त्यस क्रममा नाचगानसमेत भएको थियो । साथै परम्परा अनुसार छ्याग खाने खुवाउने कार्यक्रम पनि भएको थियो । कार्यक्रममा नेवारी लोकगीत भाकामा विभिन्न चोकचोकमा करुणामयको गीत गाउँदै नाच्दै उत्साहजनक रूपमा प्रदर्शन गरेका थिए।

कार्यक्रममा सहभागी गुपथुकुवासीले यो परम्पराले भुलिसकेको कृषि कर्म परम्पराको झल्झती दिएको बताए । ‘हामीले हाम्रो परम्परा विर्सेका थियौ, उनले खुसी साटे, विर्सेको परम्परा आज फेरि जीवन्त रुपमा देख्न पायौं।’

हिजोआज यस्तो परम्परा कसैले गर्दैनन् । यद्यपि यस्तो कृषि कर्म गरेर कालो बनाइएको धानको भात मीठो हुन्छ । साथै यस्तो धानबाट बनाइएको जाँंड पनि विशेष स्वादको हुन्छ । तर, हिजोआज धान काटिसकेपछि सबैले त्यही झारेर घरमा भित्राइन्छ।

कार्यक्रममा सहभागी अर्का हर्खलक्ष्मी कवाँले यो परम्परामा अरु धेरै संस्कृति लुकेको सुनाइन् । उनका अनुसार पहिला धान खर्पनमा राखेर यसरी नै बजार परिक्रमा गराएपछि मात्रै कालो भित्र्याइन्थ्यो।

आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै राधेश्यामको परिवारले समाजमा लोप हुन लागेका यस्ता कार्यक्रमलाई निरन्तरता दिएकोमा सहभागीले खुसी व्यक्त गरेका थिए। यस्तो परम्परा आगामी वर्षमा झनझन् महत्वपूर्ण हुँंदै जाने विश्वास उनीहरूको थियो।

प्रकाशित: १६ कार्तिक २०७५ ०४:२४ शुक्रबार

बुरांज्या पर्व