१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा दुई पुरुषको वेवारिसे शव फेला

रौतहट– रौतहटको छुटाछुटै स्थानमा दुई पुरुषको शव फेला परेको छ। गरुडा नगरपालिका ८ जिगडिया र माधवनारायण नगरपालिका ६ माधोपुरमा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेको पुरुषको शव फेला परेको हो।

गौर–चन्द्रनिगाहपुर सँगै जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने रौतहटको गरुडा नगरपालिका ८ जिंगडीया चौक नजिक सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर अन्दाजी ३५ बर्षीय पहिचान खुल्न नसकेको एक व्यक्तिको शव फेला परेको छ। 

यसैगरी माधवनारायण नगरपालिका ६ स्थित माधोपुर बजार देखी दक्षिण धान खेतमा करिब २५ वर्षीय एक पुरुषको कुटपिट गरी हत्या गरेर फालेको अवस्थामा शव फेला परेको प्रहरी चौकी माधोपुरले जनाएको छ।

बुधवार राति नै धान खतेमा ति युवकको घाँटीमा कपडा वेरेर हत्या गरेको अवस्थामा फेला परेको र शरीरको अधिकांश भागमा निल डाम रहेकोले कसैले अन्यत्रबाट हत्या गरेर त्यहाँ फालिएको अवस्थामा शव बरामद भएको प्रहरीले जनाएको छ। 

स्थानीय गाउँलेले दुवैजनाको वेवारिसे अस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कसको हो र कहाँको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताएका छन्। 

शवलाई पोष्टमार्टमा लागि जिल्ला अस्पताल गौरमा राखिएको र शवको पहिचान खुल्न नसकेको कारण प्रहरीले वरिपरीका गाउँहरुमा शव पहिचानका लागि जानकारी गराइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओझाले बताए। 

प्रकाशित: १५ कार्तिक २०७५ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App