१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

धनगढीद्वारा बुटवलसामु १६२ रनको लक्ष्य, दिपेन्द्र र डेनियलको अर्धशतकिय इनिङ

बुटवलविरूद्द ब्याटिङ गर्दै धनगढीका खेलाडी । तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको धनगढी ब्लुजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६१ रन बनाएपछि बुटवल ब्लास्टर्सले जितका लागि १६२ रनको लक्ष्य पाएको हो। ३९ रनमा ३ विकेट गुमाएको धनगढीका लागि चौंथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी र डेनियल लरेन्सले १०८ रनको उत्कृृष्ट साझेदारी गरे। यो साझेदारी जारी प्रतियोगिताको सर्वाधिक ठूलो साझेदारी हो।

यसअघि चितवन राइनोजका ओपनर अनिलकुमार शाह र हरीशंकर शाहले धनगढी ब्लुजविरुद्ध बुधवार १०१ रनको साझेदारी गरेका थिए। डेनियल लरेन्सले ५२ रनको अर्धशतकिय पारी खेले। १९.१ ओभरमा आउट हुनुअघि लरेन्सले ३९ बलमा ३ चौंका र २ छक्का प्रहार गरे। 

कप्तान दिपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी खेल्ने क्रममा सर्वाधिक ५६ रनको नटआउट इनिङ खेले। सो क्रममा दिपेन्द्रले ३९ बलको सामना गर्दै ४ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै पिटर ट्रिगोले १४, सौरभ खनालले नटआउट १३ तथा दिलिप नाथ र सुभेन्दु पाण्डेले १०–१० रन बनाए। 

बुटवलका लागि विपिन खत्रीले २ तथा रोहन मुस्तफा र अभिनाश बोहोराले एक–एक विकेट लिए।

३ खेलबाट २ जित र १ हारका साथ ४ अंक जोडेको बुटवल ब्लास्टर्स प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ। पहिलो र दोस्रो खेलमा लगातार जित निकालेको बुटवल बुधबार भएको आफ्नो तेस्रो खेलमा भने विराटनगर टाइटन्ससँग १२ रनले पराजित भएको थियो। यता ३ खेलमा १ मा जित र २ मा हार ब्यहोर्दै धनगढी भने पाँचौं स्थानमा छ। बुटवललाई पराजित गर्दै धनगढी प्ले अफमा स्थान बलियो बनाउन चाहन्छ। त्यस्तैले पनि धनगढीसामु  बुटवललाई हराउनुको विकल्प हुनेछैन्।

प्रकाशित: १५ कार्तिक २०७५ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App