१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सुमित र सुधाको जोडी क्वार्टरफाइनलमा

काठमाडौं – नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी दशौँ यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको मिक्स युगलतर्फ अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्।

इलेभेन स्टार क्लबको आयोजनामा बुधबार शंखमूलमा शाक्य जोडीले दथुलका रत्नकाजी वज्राचार्य र जेविशा महर्जनको जोडीमाथि १५–२१, २१–१७ र २१–१७ को जित निकाल्यो । दथुलँकाकै राजु बज्राचार्य र यस्ना डंगोेलको जोडीले पनि अन्तिम आठमा स्थान बनायो।

राजु र यस्नाको जोडीले भिन्छेंबहालका वज्रचार्य जोडी सुजन र कृस्मालाई २१–११ र २१–१४ ले स्तब्ध बनायो । भिन्छेबहालका सुजित र आकृति वज्राचार्यको जोडीले नागबहालका ससिन डंगोल र निष्ठा जोशीको जोडीमाथि २१–१५ र २१–८ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो । दथुलँका सुमित महर्जन र लिपि वज्राचार्यको जोडीले ओकुबहालका शाक्य जोडी कृतार्थ र अनुष्कामाथि २१–१२, २२–२४ र २१–१० को सघंर्षपूर्ण जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्यो।

त्यस्तै पिन्छेंका दीपेन महर्जन र ममता रुम्बाको जोडीले दथुलँका रोहित महर्जन र रोहिता शाक्यको जोडीलाई २१–१६ र २१–१६ ले तथा नागबहालका शाक्य जोडी सुमन र प्रकृतिले दथुलँका सन्दीप शाक्य र सब्रिना महर्जनको जोडीलाई १६–२१, २१–१४ र २१–७ ले हराउँदै अन्तिम आठमा स्थान बनाए । नागबहालका सुनील र लसता शाक्यको जोडीले ओकुबहालका स्वदेश र अनुशा शाक्यको जोडीलाई २१–१४ र २१–१४ ले तथा ओकुबहालका दीपेश शाक्य र सुपला वज्राचार्यको जोडीले पिन्छेंका रुशल महर्जन र हसना महर्जनको जोडीलाई २१–१२ र २१–१४ ले स्तब्ध बनाउँदै अन्तिम आठको यात्रा तय गरे।

पुरुष युगलतर्फ भिन्छेंबहालका वज्राचार्य जोडी मनीषवीर र सुजितले नागबहालका शाक्य जोडी सुदिम र प्रविनलाई २१–१९ र २१–१४ ले हराउँदै प्री–क्वार्टरफाइनलमा स्थान बनाउन सफल भए । हखाका रुकेश शाक्य र सुनिल महर्जनको जोडीले ओकुबहालका दीपेश शाक्य र सन्त डंगोलमाथि २२–२० र २१–१९ ले तथा दथुलँका रत्नकाजी वज्राचार्य र सन्दीप शाक्यले गुइटोलका किरण महर्जन र ज्ञानेन्द्र महर्जनलाई २१–१९ र २१–१८ ले हराउँदै अन्तिम सोह्रमा स्थान बनाए।

प्रयागापोखरीका सुनील बाराही र पूर्णबहादुर चित्रकारले नागबहालका शाक्य जोडी विभूषण र सन्तलाई २१–१९ र २१–९ ले, दुपटका महर्जन जोडी सुमन र राजेन्द्रले दथुलँका सन्नी डंगोल र सचिन डंगोललाई २१–१३ र २१–१ ले तथा ओकुबहालका शाक्य जोडी कृतार्थ र राजीवले दथुलँका शैलेन्द्र डंगोल र राजेश महर्जनलाई २१–७, २१–९ हराउँदै अन्तिम सोह्रमा स्थान बनाए । पिन्छेंका महर्जन जोडी सुशील र दीपेनले भूबहालका बज्राचार्य जोडी बाबुराजा र उमंगलाई १७–२१, २१–८ र २१–१९ ले तथा नागबहालका शाक्य जोडी सनिल र सुमनले प्रयागपोखरीका महर्जन जोडी विक्रम र मिलनलाई २१–१२ र २१–९ ले हराउँदै अन्तिम सोह्रमा स्थान बनाए।

प्रकाशित: १५ कार्तिक २०७५ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App