१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने’

काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ - तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका बारेमा अवगत गराइएको छ।

मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनासम्बन्धी समसामयिक विषयमा सम्बन्धित विभागका रथीहरुले प्रस्तुतीकरण दिएका थिए। उक्त अवसरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको समेत उपस्थिति थियो। 

उक्त अवसरमा नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण र पेशागत व्यावसायीकरण गर्न अवलम्बन गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ र रक्षामन्त्री पोखरेलले आ–आफ्नो मन्तव्य राखेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए। 

प्रकाशित: १४ कार्तिक २०७५ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App