१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाही घटनामा एसएसपीको नेतृत्वमा छानविन समिति गठन

काठमाडाैं- नेपाली काङ्ग्रेसका कार्यकर्ता सर्लाही रामनगर गाउँपालिका–४ निवासी रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहितको छानविन समिति गठन गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयले सो छानविन समिति गठन गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान व्यूरोबाट डिएसपी निरन्जन भट्टको टोली पनि अनुसन्धानका लागि सर्लाही जान लागेको छ। बिहीवार विहानसम्ममा सिआइवीको टोली अनुसन्धानका लागि घट्नास्थलमा पुगिसक्ने प्रहरी स्रोतले जनाएको छ।

सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र कांग्रेस कार्यकता बीच झडप हुँदा एक जनाको ज्यान गएको थियो। झडपका क्रममा चलेको गोली लागेर एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए। रामनगर गाउँपालिका–४ का वडा अध्यक्ष रामनरेश महतोका काका अन्दाजी ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो।

प्रकाशित: १४ कार्तिक २०७५ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App