१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराटनगरद्वारा बुटवल सामु १ सय ४१ रनकाे विजयी लक्ष्य प्रस्तुत

पाेखरा - पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागी १ सय ४१ रनकाे लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन जोड्यो। विराटनगरका लागि ओपनिङ ब्याट्सम्यान मोहम्मद जैद आलमले सर्वाधिक ७२ रन जोडे। ४५ बल सामना गरेका उनले ६ चौका र ५ छक्का प्रहार गरे। आलम सागर पुनको बलमा स्टम्पिङ हुन पुगे। यस्तै प्रदिप ऐरीले ४१ रन जोडे। ४३ बल सामना गरेका उनले लगातार विकेट जान थालेपछि सम्हालिएर खैल्दै आफ्नो टोलीलाई सम्मानजनक स्कोर दिलाए। ऐरी अन्तिम ओभरको पहिलो बलमै ललित भण्डारीको बलमा एलबीडब्लु आउट हुन पुगे। विराटनगरकालागि अन्य ब्याट्सम्यानले भने दोहोरो अंक समेत छुन सकेनन्।

बुटवलका ललित भण्डारीले २ तथा विपिन खत्री, सम्साद सेख र सागर पुनले समान एक एक विकेट लिए।

प्रकाशित: १४ कार्तिक २०७५ ०९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App