१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जुम्लामा ४० सिटे जहाज अवतरण हुन्छ : मन्त्री अधिकारी

फाइल तस्बिर

जुम्ला - संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीले जुम्लामा ४० सिट क्षमताकाे जहाज अवतरण गराइने बताएका छन्। उनले अहिले जुम्ला बिमास्थलको स्तराेन्नती कार्य भईरहेको बताउँदै स्तराेन्नती लगत्तै मध्यम ४० सिटे जहाज परिक्षण गराईने बताए। जुम्ला चन्दननाथ नगरपालिका ६ मा निर्मित डुडुल चैत्यको उद्घाटन गर्न जुम्ला पुगेका पर्यटनमन्त्री अधिकारीले सुर्खेत र नेपालगंज बिमानस्थलमा जहाज राखेर जुम्ला लगायतका दुर्गम जिल्लामा नियमित रुपमा हवाई उडान गर्ने वातावरण बनाईने बताए।

'हिमाली जिल्लाको सवैभन्दा फराकिलो र सहज विमानस्थल भनेकै जुम्ला विमानस्थल हो', मन्त्री अधिकारीले भने,'जुम्लालाई पर्यटन हब निर्माण गर्न मध्यम खाले जहाजको उडान गर्न सरकार लागि परेको छ। जुम्लालाई हवाई क्षेत्रमा अब्बल बनाउने सरकारी प्रयास सफल भई छाड्ने छ।' उनले रारालाई विकास प्राधिकरण बनाएर बृहत विकास गर्ने बताए।

जुम्ला बिमानस्थल कार्तिक ८ गते देखि स्तराेन्नतीका लागि बन्द गरिएको छ। पर्यटनमन्त्रीले बन्द गरिएको विमानस्थलमा आफैले तारा एयरको जहाज ल्याएर नियम उलंघन गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन्। 

 

प्रकाशित: १४ कार्तिक २०७५ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App