१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भारतबाट जनता बैंकको रेमिट्यान्स सेवा

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ । ‘जनता रेमिट’मार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पुर्याउँदै आएकोमा अबदेखि भारतमा रहेका ग्राहकले समेत सहजै जनता रेमिटबाट सेवा दिन सक्ने बैंकले जनाएको छ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको सम्झौता अनुसार भारतमा रहेका नेपालीले जनता रेमिटमार्फत सुलभ रुपमा आफ्नो कमाइ आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् । एक्सिस बैंकको भारतभरका ३५ सय शाखामार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ।

एक्सिस बैंकबाट जनता रेमिटमार्फत पठाइएको रकम देशभर रहेका जनता बैंकको शाखा र करिब १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आइपे रेमिट, बुम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ।

प्रकाशित: १४ कार्तिक २०७५ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App