१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँच जिल्लाको सीमांकन थाती राखेर समस्या सुल्झिँदैनः अध्यक्ष भण्डारी

काठमाडौं– राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावबाट मधेशको समस्या हुन नसक्ने बताएका छन्।

अध्यक्ष भण्डारीले विवादित पाँच जिल्लालाई थाती राखेर प्रदेशको सीमांकनबारे विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रस्ताव नौलो नभएको बताएका हुन्। शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘सीमांकनको समाधान नै अहिलेको पेचिलो समस्या हो, यसलाई टुंग्याउनु पर्छ भन्ने हाम्रो माग हो, पछि थाती राख्ने र आयोग बनाएर विवादित पाँच जिल्लाको समाधान गर्ने भन्ने कुरा हामीलाई मान्य छैन, यसो गरियो भने पछि समस्या उत्पन्न हुन्छ।’

संघीय गठबन्धनका नेतासमेत रहेका भण्डारीले राज्य पुनर्संरचना आयोगले अघि सारेको प्रस्ताव अनुसार सामथ्र्य र पहिचानकै अधारमा नै प्रदेशको सीमांकन हुने कुरामा आफूहरु विश्वस्त रहेको बताए। उनले थपे, ‘मोर्चा जातीय राज्यको पक्षमा छैन, तर पहिचान मेटिनु हुँदैन।’
 

प्रकाशित: ७ आश्विन २०७३ ०९:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App