१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमानका सबै यात्रुको मृत्यु भएको अाशंका: खोजी कार्य जारी

विमान दुर्घटनामा परेका आफन्तलाई शान्त्वना दिंदै। तस्बिर: एजेन्सी

ईन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमानमा सवार १८९ जनाको नै मृत्यु भएको आश‌ंका गरिएको छ। सो विमान उडेको केही मिनेटमै सम्पर्कविहिन भएको थियो। विमान खसेको ठानिएको समुन्द्रमा आज दोस्रो दिन मंगलवार खोजीकार्य भईरहेको छ। विमान खोज्न साेनार विधि र ड्रोनको प्रयोग गरिएको छ।

मंगलवार विहान मात्रै उक्त विमानको केहि भग्नावशेषहरु फेला पारिएको छ। अधिकारीले समुन्द्रबाट विमानका भग्नावशेषहरु संकलन गरिरहेका छन्। उद्धारकर्ताहरुले जहाजको डाटा रेकर्डरको पनि खोजी गरिरहेका छन्। अधिकारीहरुले कुनै मानिस बाँचेको भए त्यो चमत्कार हुने जनाएका छन्। विमान दुर्घटना कसरी भयो भन्ने बारे छानविन भईरहेको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App