१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लेस्टर मालिकप्रति भार्डेेको शोक

लन्डन (एएफपी) – दुई वर्षअघि लेस्टर सिटीलाई पहिलो पटक इङ्लिस प्रिमियर लिगको उपाधि जिताउँदा नायक  बनेका स्ट्राइकर जेमी भार्डेले शनिबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका क्लबका मालिक भिचाई श्रीभाडाहानाप्राम्बाप्रति गहिरो शोक व्यक्त गरेका छन्।

शनिबार घरेलु मैदान किंग्स पावर रंगशालामा भएको लेस्टर र वेस्ट ह्यामबीच सम्पन्न खेल लगत्तै मैदानबाट भिचाईसहित अन्य ४ जनालाई लिएर उडेको  हेलिकोप्टर केही मिनेटमै मैदानबाहिर दुर्घटना भएको थियो।

उनले लेस्टर सिटी दोस्रो श्रेणीमा रहँदा २०१० मा खरिद गरेका थिए। २०१४ मा दोस्रो श्रेणीबाट पहिलो श्रेणीमा उक्लिएको लेस्टरले  सो सिजन १७औं स्थानमा रहँदै अन्त्य गरेको थियो  । तर लेस्टरले २०१५ मा अप्रत्याशित रूपमा इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो।

‘मसँग समवेदनाका लागि कुनै शब्द छैन,’ भार्डेले इन्स्ट्राग्राममा भिचाईको तस्बिरसहित पोस्ट गरेका छन्, ‘तर मेरा लागि तपाईं लिजेन्ड र प्रेरणाको स्रोत हो । तपार्र्इं लेस्टर सिटीको मुटु हो।’

उनले लेखेका छन् ‘म, मेरो परिवार र क्लबका लागि तपाईंले गरेको सहयोगका लागि धन्यवाद। तपार्इंको अभाव खड्किरहनेछ । तपार्इंको आत्माले चिरशान्ति पाओस्।’

‘हामी भिचाईको निधनले स्तब्ध भएका छौं । हामी उनको परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छाैं,’ वेस्ट ह्यामले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनले लेस्टर सिटी र समग्र इङ्लिस फुटबलमा पु-याएको योगदान धेरै यादगार रहिरहनेछ।’

६० वर्षअघि म्युनिखमा भएको प्लेन दुर्घटनामा परी मृत्यु भएका २३ मध्ये ८ खेलाडी र ३ पदाधिकारी गुमाएको म्यानचेस्टर युनाइटेडले पनि भिचाईको निधनमा शोक व्यक्त गरेको छ।

‘हामी लेस्टर मालिक भिचाईको निधनले स्तब्ध भएका छाैं,’ २० पटकको इङ्लिस च्याम्पियन युनाइटेडले ट्विटरमा पोस्ट गरेको छ।

प्रकाशित: १३ कार्तिक २०७५ ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App