१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको मूल्य छठसम्म नबढ्ने

काठमाडौं - सरकारले नेपाल आयल निगमलाई आगामी छठ पर्वसम्म पेट्रोलियम पदार्थमा मूल्य नबढाउन निर्देशन दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुरुप उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका हुन्। चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उनले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएका हुन्।

निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भए पनि उपभोक्ताको हितलाई ध्यान दिँदै सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन निर्देशन दिइएकोउद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।

हाल निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ५० पैसा, डिजेलमा नौ रुपैयाँ ३२ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ । सीमावर्ती भारतीय बजारमा नेपालको भन्दा पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैया ८७ पैसा र डिजेलमा २४ रुपैयाँ २८ पैसा बढी छ। 

निगमले पेट्रोल प्रतिलिटर ११४, डिजेल १०१ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर १४सय रुपैयाँ तोकेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले मूल्य समायोजन नगर्दा मासिक २ अर्ब ८ करोड घाटा हुने निगमले जनाएको छ।

 नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले पन्ध्र पन्ध्रदिनमा पठाउने मूल्यसूचिका आधारमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीका आधारमा समायोजन गर्ने गरेको छ। आइओसीले २ दिन भित्र नयाँ मूल्यसूची पठाउँदै छ। सरकारको निर्देशनअनुसार निगमले यसपटक मूल्य समायोजन गर्नेछैन।

 

प्रकाशित: १२ कार्तिक २०७५ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App