१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

भिमको अर्धशतकमा बुटवलद्वारा पोखरासामु १५१ रनको लक्ष्य प्रस्तुत

तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं– पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई जितका लागि १५१ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालामा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा १५० रन बनाएपछि पोखराले १५१ रनको लक्ष्य पाएको हो। बुटवलका लागि भिम सार्कीले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ४६ बलमा २ चौंका र ३ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरे।

त्यस्तै रोहन मुस्तफाले पनि ४५ रनको इनिङ खेले। उनले ३५ बलमा ३ चौंका र २ छक्का प्रहार गरे। अन्य ब्याट्म्यानमा सोमपाल कामीले ८ बलमा २ चौंका र १ छक्काको सहायतामा २२ र सिद्धान्त लोहनीले ११ बलमा १ छक्काको मद्दतमा १३ रनको योगदान दिएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन। बुटवल ब्लास्टर्सले ३ विकेट अन्तिम ओभरमा गुमाएको थियो।

बुटवललाई १५० रनमा समेटन पोखरा पल्टनका मोहम्मद नभिदले ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिदै ४ विकेट हात पारे। त्यस्तै मेहेबुब आलम, ललितनारायण राजवंशी र सरद भेषवाकरले समान १–१ विकेट लिए।

दुवै टोलीले पहिलो खेलमा जित निकालेका थिए। पोखराले पहिलो खेलमा विराटनगर र बुटवलले पहिलो खेलमा चितवनलाई पराजित गर्दै महत्वपूर्ण २ अंक जोडेका छन्।  बुटवल ब्लास्टर्सको नेतृत्व सोमपाल कामी र पोखरा पल्टनको नेतृत्व सरद भेषवाकरले गरेका छन्।

प्रकाशित: ११ कार्तिक २०७५ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App