१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, मानेकाे २ गाेल

काठमाडौं – लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा कार्डीफ सिटीलाई ४–१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।

खेलको १०औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। पहिलो हाफमा १ गोलको अग्रता लिएको लिभरपुलका लागि ६६औं मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता दोब्बर पारे। ७७औं मिनेटमा कालुम प्याटरसनले गोल गरेपछि कार्डीफले खेल २–१ को अवस्थामा झारेको थियो। ८४औं मिनेटमा जर्दान शाकिरी र ८७औं मिनेटमा पुनः मानेले आफ्नो व्यक्तिगत दोस्रो गरेपछि लिभरपुलले समग्रमा ४–१ को अग्रता लिएको थियो।

त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि लिभरपुलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै महत्वपूर्ण ३ अंक बटुल्यो। जितसँगै लिभरपुलले १० खेलबाट २६ अंक बटुलेको छ। पराजित कार्डीफ भने ५ अंकका साथ १७ औं स्थानमा छ।

राती नै भएका अन्य खेलमा वार्टफोर्डले हडल्सफिल्ड टाउन र बर्नमाउथले फुलह्यामलाई समान ३–० ले पराजित गरेका छन्। त्यस्तै ब्राइटनले वोल्भरह्याम्टनलार्ई १–० ले पराजित गर्दा लेष्टर सिटी र वेष्टह्यामले एक–एक तथा न्युक्यासल र साउथह्याम्टनले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित: ११ कार्तिक २०७५ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App