१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा हुने

काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठक भृकुटीमण्डपमा हुने भएको छ। बैठकको तयारीबारे पार्टी सभापति शेरबहादुर देउवा सहित केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्लाका कार्यसमितिको संयुक्त बैठकले स्थानबारे निर्णय गरेको हो।

महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म हुने कांग्रेस केन्द्रीय कार्यसमितिले भदौ ९ गते निर्णय गरेको थियो।

यस्तै बैठकले नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कार्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने जलपान समारोह तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई भव्य र व्यवस्थित गराउन आवस्यक तयार गर्न सभापति देउवाले निर्देशन दिएका छन्।

महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक सोमबार बस्ने छ।

 

प्रकाशित: १० कार्तिक २०७५ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App