१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उर्जामन्त्री पुन र सर्वियाका उपप्रधानमन्त्रीबीच भेट, उर्जामा लगानी भित्र्याउनेबारे छलफल

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ। युरो–एसियाइनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका उर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिवार शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा द्धिपक्षिय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको उर्जामन्त्री पुनको सचिवालयले जनाएको छ।

मन्त्री पुनले गत मे मा उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रती नेपाल सरकार,परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद समेत व्यक्त गरेका थिए।

भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मंचमा प्रस्तुत हुंदा साझा धारणा बनाएर जाने प्रस्ताव समेत राखेका थिए।

नेपाल लामो समय द्धन्द्धमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायीत्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजवुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको पुनले भेटमा बताएका थिए। मन्त्री पुनले नेपालको उर्जा र जलविद्युत क्षेत्रमा लगानीको लागी सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह समेत गरेका छन्। उनले सरकारले १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफुले पहल गरिरहेको धारणा राखे।

सरकारले नेपालमा विदेशी पर्यटकहरुलाई भित्रयाउन भिजिट २०–२० कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्भियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाईदिन पनि उनले उपप्रधानमन्त्री इभिकासंग आग्रह गरे।

सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसंगको सम्बन्ध मजवुत बनाउन सर्विया ईच्छुक रहेको भन्दै नेपालमा लगानीको लागी आफुले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागी वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले इनर्जी फोरममा नेपालले सहभागीता जनाउनुलेपनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजवुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुवै देशको विचमा थप सहकार्य हुने विश्वास व्यक्त गरे।

 

प्रकाशित: १० कार्तिक २०७५ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App