१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राष्ट्रपति सिरिसेनाद्वारा श्रीलंकाको संसद निलम्बन

काठमाडौ– हिजोमात्रै प्रधानमन्त्री परिवर्तन गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज त्यहाँको संसद निलम्बन गरेका छन।

शुक्रबार सिरिसेनाले प्रधानमन्त्री रहेका रानिल विक्रमासिङ्गेलाई वर्खास्ता गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। राजनीतिक संक्रमणका बीच प्रधानमन्त्रीमाथि शाक्ति प्रायोग गरेको २४ घण्टा नवित्तदै उनले संसदसमेत निलम्बन गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

वर्खास्त गरिएका रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू प्रधानमन्त्री कायमै रहेको जिकिर गर्दै बहुमत प्रमाणित गर्न संसद बैठक आह्वान गर्न आग्रह गरेका थिए। यो आग्रहपछि राष्ट्रपतिले संसद निलम्बन गरेका हुन्।

सिरिसेनाका पछिल्ला कदमले श्रीलंकामा संवैधानिक संकट आइपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले  जनाएको छ। २२५ सदस्यीय श्रीलंकाको संसदमा आफ्नो बहुमत कायमै रहेको भन्दै विक्रासिङ्गेले राष्ट्रपति को पछिल्लो कदम गैरकानुनी भएको बताएका छन्।        

 

प्रकाशित: १० कार्तिक २०७५ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App