१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बुटवलसामु चितवन निरीह, ६५ रनमा अलआउट, सोमपालको उत्कृष्ट प्रदर्शन

तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ। पोखरा रंगशालामा जितका लागि पाएको १ सय ३६ रनको लक्ष्य पछ्याएको चितवन खराब प्रदर्शन गर्दै १६.५ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियाे।

चितवनका लागि भुवन कार्कीले सर्वाधिक १९ रन बनाए। उनले २६ बलमा २ चौंका प्रहार गरे। त्यस्तै पारस खड्काले १०, सन्नी पटेल र सोमपाल कामीले ९–९ र करण केसीले ७ रन बनाए। चितवनलाई सस्तैमा समेटन बुटवल ब्लास्टर्सका सोमपाल कामीले ४ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै १३ रन खर्चिएर ४ विकेट लिए। खेलको म्यान अफ दि म्याच पनि सोमपाल नै भए। त्यस्तै ललित भण्डारीले २ तथा रोहन मुस्तफा। अभिनाश बोहरा र बिपिन खत्रीले १–१ विकेट लिए। जितसँगै बुटवलले महत्वपूर्ण २ अंक जोडेको छ। 

यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको बुटवल ब्लास्टर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएपछि चितवन राइनोजले जितका लागि १ सय ३६ रनको लक्ष्य पाएको थियो। बुटवलका लागि शंकर रानाले ४८ र सागर पुनले ४६ रनको सर्वाधिक रनको पारी खेले। शंकरले ४१ बलमा ५ चौंका र १ छक्का प्रहार गर्दा सागरले ४८ बलमा ३ चौंका र २ छक्का हानेका थिए। त्यस्तै सिद्धान्त लोहनीले नटआउट १७ र सोमपाल कामीले नटआउट ६ रन बनाए।

पहिलो ओभरको पाँचौं र छैटौं बलमा लगातार दुई विकेट गुमाएको बुटवलले चौंथो ओभरको तेस्रो बलमा अर्को विकेट गुमाएको थियो। ९ रनमा ३ विकेट गुमाएर दबाबमा आएको बुटवलका लागि त्यसपछि क्रिजमा आएका सागर र शंकरले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको स्कोर उकासेका थिए। 

चितवनका लागि करण केसीले २ तथा रामनरेश गिरी र शक्ति गौचनले एक–एक विकेट लिए। बुटवलको नेतृत्व शक्ति गौचन र चितवनको नेतृत्व पारस खड्काले गरेका छन्।

प्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाडौं रोयल्स र धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदैछ। काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्ल र धनगढीको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन्।

तस्बिरः उमेश पुन/नागरिक
तस्बिरः उमेश पुन/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App