जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी

शनिबार, १० कार्तिक २०७५, १० : ०६ नागरिक

पर्वत – पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ।

सोही वडाका स्थानीय बलबहादुर खत्रीले आफ्नो निजी जग्गा जबर्जस्ती हडपेको भन्दै वडाध्यक्ष मल्ल र सोही ठाउँका यामबहादुर भण्डारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

महाशिला–४ साविक पाखापानी गाविस–४ चिहानडाँडास्थित  कित्ता नं १८७ को क्षेत्रफल एक रोपनी दुई आना एक पैसा दुई दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडपेर डोजर लगाएको आरोप पीडित खत्रीको छ। गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवाइमा आएको २०÷३० जनाको समूहले आफूले एकलौटी हकभोग गरेको जग्गामा बिना अनुमति डोजर प्रयोग गरेको खत्रीले बताए।

आफूलाई हातपात गर्न आएको समूहलाई छुटाउन खोज्ने आफ्नी जेठी छोरी लक्ष्मी खत्रीलाई समेत हातपात गरी तीन तोलाको सिक्री, नगद रु ४ हजार, कोदालो र एक तोलाको औँठी लुटेर लगेको खत्रीको आरोप छ। डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गर्नुका साथै हातपात गरी खरबारीमा समेत आगो लगाइदिएको खत्रीले दर्ता गराएको उजुरीमा उल्लेख छ। उनले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रशासनसँंग सुरक्षाको माग पनि गरेका छन्।

आफूमाथि उक्त घटनाको विषयलाई लिएर दैनिक धम्की आइरहेकाले खत्रीले सुरक्षाको माग गरेका हुन्। साथै उनले दोषीमाथि कारवाहीको माग गरेका छन्।

वडाध्यक्ष मल्ल र स्थानीयवासी भण्डारीविरुद्ध खत्रीले बिहीबार जिल्ला प्रशासनमा उजुरी दर्ता गराएका छन्। यता वडाध्यक्ष मल्लले आफूले त्यस्तो नगरेको बताएका छन्। ‘त्यहाँ बाटो पहिल्यै थियो, अहिले चक्लाबन्दी गर्ने क्रममा विवाद भएपछि आफूले बाटो खन्न रोकिएको छ’, उनले भने, ‘मैले कसैलाई केही गरेको छैन, प्रमाण भए मलाई कारवाही गरे हुन्छ।’ रासस





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad