१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी हिरासतबाटै भागे दुर्इ थुनुवा

विराटनगर - हत्या आरोपमा इलाका प्रहरी कार्यालय रानीको थुनामा रहेका दुई जना विहीबार राती हिरासतबाटै फरार भएका छन्। प्रहरी हिरासतको भेन्टिलेसनको रड काटेर उनिहरू भागेका हुन्।

अपहरण र हत्या आरोपमा थुनामा राखेर अनुसन्धानको क्रममा रहेका विराटनगर १७ का मोहमद सद्धाम हुसेन र मोहमद आरिफ आलम विहीबार राती १ देखि ३ बजेको बीचमा हिरासत कक्षको भेन्टीलेसनको रड काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख मनोज केसीका अनुसार हिरासत कक्षको भेन्टीलेसनको ६ वटा रड काटेर दुई थुनुवा फरार भएका हुन्। प्रहरी हिरासतबाटै थुनुवा फरार भए पछि घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाको नेतृत्वमा छानविन समिति गठन गरिएको छ।इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक सन्तोष निरौला विदामा रहेका वेला घटना भएको हो। घटना पछि ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय रानीका ड्युटी कमान्डरसहित सात प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ। जिल्ला प्रहरी कार्यालय तानिएका मध्ये दुई जना प्रहरीलाई प्रारम्भिक अनुसन्धानका क्रममा निलम्बन गरिएको र अन्य प्रहरीका विषयमा छानविन भइरहेको केसीले जानकारी दिए।

गत असोज १ गते आफ्नै साथी विराटनगर १७ का मो अस्ताफ हुसेनको अपहरण पछि हत्या गरेको आरोपमा उनिहरू असोज ७ गते पक्राउ परेका थिए। अस्ताफ हुसेनको सव विराटनगर १४ र १७ को सीमाना स्थित भित्रि सडकको ह्युमपाइप भित्र सडेको अवस्थामा फेला परेको थियो। 

प्रकाशित: ९ कार्तिक २०७५ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App