१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ऋण तिर्न नसकेपछि भारतमा किसानले गरे आत्महत्या

नयाँ दिल्ली- भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन्। 

स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन्। उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो। श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो। 

परमानन्दलाई स्थानीयबासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै पु¥याए पनि बचाउन सकिएको थिएन। 

प्रकाशित: ९ कार्तिक २०७५ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App