१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हरेक पार्टीमा ओपन ब्रेनका नेता जन्माउनु पर्छ : भण्डारी

रुपन्देही - नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजाको संस्कार राजनीतिक नेताहरुमा अझै बाँकी रहेको बताएका छन। राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा टिका लगाएको प्रसंग कोट्याउँदै उनले राजाको संस्कार व्यवहारमा बोकेका असभ्य नेताहरुका कारण नेपाली समाजमा निराशा पैदा भएको बताए। शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता भण्डारीले अब हरेक पार्टीमा नयाँ ओपन ब्रेनका नेता जन्माउनुपर्ने बताए। कार्ल माक्सकाे भनार्इ स्मरण गर्दे भण्डारीले भने ‘समाजमा धेरै राजनीतिकरण भएमा नयाँ मान्छे ल्याउनुपर्छ भने झै अव नेपालको राजनीतिमा नयाँ ओपन ब्रेन ल्याउनुपर्दछ।’ उनले काँग्रेस, एमाले र माओवादीका तत्तकालिन अध्यक्षहरुले देशलाई झन्डै विखण्डनमा लगेको बताउँदै अहिले पनि त्यसको त्रास बाँकी रहेको बताए।

उनले प्रदेश नम्बर ५ लाई बिखण्डन गर्नका लागि तत्तकालिन कांग्रेसका सभापति सुशिल कोईराला, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहाल सहमत भइसकेको भन्दै त्यो जोखिमबाट संयोगले बचेको तर्क गरे। संविधान निर्माण गर्दा केहि संरचनागत त्रृटि भएको समेत उनले बताए। ‘स्थानीय तहमा दलका आधारमा चुनाव नगरौं भन्ने मेरो मान्यता थियो, आज अति राजनिति भइरहेको छ, यसले विकास भन्दा बढि भ्रष्टचारलाई बढाएको छ’ नेता भण्डारीले भने।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनले कांग्रेसभित्र गुट उपगुटको कारण समस्या आएको बताए। ‘नेतृत्व तह नै गतिलो नभएकाले पार्टी यो अवस्थामा पुगेको हो, आसेपासे र चम्चाहरुका कारण पार्टी कमजोर बनेको हो,' भणडारीले भने।

प्रकाशित: ९ कार्तिक २०७५ ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App