१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धादिङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका– ६ महोदवबेसीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान काठमाडौं जाँदै गरेको ना ६ ख २३७३ नम्बरको ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा थाक्रे गाउँपालिका– १० बस्ने दुर्गा बहादुर कार्कि रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय खानिखोलाका इन्पेक्टर उद्दब पोखरलले जानकारी दिए। दुर्घटनापछि स्थानीयले केहीबेर राजमार्ग अबरुद्ध गरेका थिए।

प्रकाशित: ९ कार्तिक २०७५ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App