१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

मेलम्ची - सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले विहिबार १४ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुगल गाउँपालिका–२ का ४९ वर्षीय माइला भन्ने रामशरण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

जिल्ला अदालत रुपन्देहीले २०६१ साल जेठ २७ गते सवारी ज्यान मुद्दाकाे अपराधमा अधिकारीलाई एक वर्ष ११ महिना ३ दिन कैद फैसला गरेको थियो। त्यहीबेला देखि उनी फरार थिए। अधिकारीलाई विहिबारै जिल्ला अदालत सिन्धुपाल्चोकमा बुझाएर कैद असुल उपर गर्न जिल्ला कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिमलराज कणेलले जानकारी दिए। रासस

प्रकाशित: ८ कार्तिक २०७५ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App