१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैरवकुण्डले ३१ करोडको आइपिओ जारी गर्ने

सिन्धुपाल्चोक – तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजनाले साधारण शेयर(आइपिओ) निष्कासन गर्ने तयारी थालेको छ । 

कुल ३१ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी निर्देशक दिनेश पौड्यालले जानकारी गराए । यसमध्ये ६ करोड ५० लाख रुपैयाँ बराबर सेयर सिन्धुपाल्चोकवासीलाई छुट्याइएको छ।  बाँकी शेयर सामूहिक लगानी कोष, कर्मचारी र आमसर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ । भैरवकुण्डको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल नियुक्त भइसकेको छ।  

तातोपानीको लार्चामा रहेको उक्त आयोजना तीन वर्षपछि गत साता मात्र सुचारु भएको थियो। राष्ट्रिय प्रसारणमा जोडिएको उक्त आयोजना सञ्चालनमा आएसँगै विद्युत बिक्री वापत् वार्षिक ९ करोड ७० लाख रुपैयाँ आम्दानी हुने प्रमुख कार्यकारी निर्देशक पौड्यालले जानकारी दिए। 

प्रकाशित: ७ कार्तिक २०७५ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App