१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सौगात मल्ल मनपर्ने कलाकार

पछिल्लो समयमा आकर्षक अभिनेत्रीको रुपमा चर्चामा आएकी सारा श्रीपालीले अभिनय गरेको चलचित्र ‘सुश्रीसम्पत्ति’ आउँदो मंसिरमा हुँदैछ । उनले आफूलाई प्रिय लाग्ने कुरा ‘नागरिक परिवार’लाई यसरी बताएकी छन्। 

मन पर्ने पुस्तक 
निकोलस स्पार्कको ‘द च्वाइस’ भन्ने उपन्यास छ ।  यो पुस्तकमा रोमान्स, इमोसन सबैथोक छ । खासमा यो उपन्यास पढ्दा बेग्लै आनन्द आउँछ । यो उपन्यास पढ्दै गयो भने भावमा डुब्न थालिहाल्छु । त्यसैले पनि यो पुस्तक मन  परेको हो । नेपाली किताब भन्दा पनि म अंग्रेजी पढ्न मन पराउँछु।

साहित्यकार 
मलाई नेपाली साहित्यकारमा सुविन भट्टराई मन पर्छ । उहाँले लेखेको ‘समर लभ’ पढेकी थिएँ । ‘समर लभ’ पढेपछि लभस्टोरीमा आधारित पुस्तक एकदमै मन पर्न थालेको हो । मलाई धेरैजसो लभ स्टोरीमा आधारित उपन्यासहरु मन पर्छन् । यस्ता किताब फुर्सद निकालेर पढिरहेकी हुन्छु र पढ्छु नै । ‘समर लभ’मा डिटेलमा व्याख्या गरिएको कुरा मन परेको हुनाले सुविन मन परेको हो।

मनपर्ने चलचित्र 
नेपाली चलचित्रमा मलाई ‘राज्जारानी ’ मन परेको हो । सामाजिक कथा बोकेको यो चलचित्रले तराईको जनजीवन र घटनालाई उठाइएको छ । यसमा धेरै नाटकीयता देखिदैन र हेरुञ्जेल मज्जा लाग्छ । त्यसैले मलाई यो चलचित्र मन परेको हो । केकी अधिकारीको अभिनय मलाई मन पर्छ । नेपालीमा उहाँ मेरो फेभरेट कलाकार पनि हो । नाजीर र केकीको अभिनय तारिफयोग्य  छ। 

नेपाली चलचित्रको कथा 
मलाई  नेपाली चलचित्रको राम्रो कथा लागेको ‘कारखाना’ हो । मैले धेरै नेपाली फिल्म हेरेँ तर यत्तिको सशक्त कथा मलाई कुनै फिल्मको लागेन।

अभिनेता 
मलाई सौगात मल्ल भर्सटायल कलाकार लाग्छ । उहाँको अभिनय रियालिटी झल्कन्छ । अनमोल केसी पनि मलाई मन पर्ने अभिनेता हुन्। 

अभिनेत्री 
नेपाली चलचित्र जगतका अभिनेत्रीमा केकी अधिकारी, प्रियंका कार्की मलाई मनपर्ने कलाकार हुन् । म त यी दुवैको फ्यान हुँ। 

चरित्र अभिनेता 
दयाहाङ राईले क्यारेक्टर आर्टिस्टको भूमिका निभाएको देखेको छु । राम्रो लाग्छ उहाँको अभिनय । सौगात मल्ल पनि उस्तै लाग्छ । नाटक क्षेत्रबाट संघर्ष गरेर चलचित्रमा आउनुभएको छ । त्यसैले होला उहाँहरुको अभिनय गज्जबको लाग्छ। 

चरित्र अभिनेत्री 
मेनुका प्रधानको चरित्र अभिनय मनपर्छ । उहाँले चलचित्रमा आफ्नो क्यारेक्टर राम्ररी निर्वाह गर्नुहुन्छ । उहाँको अभिनयमा रियालिटी झल्कन्छ । उहाँको अभिनय अभिनयजस्तै लाग्दैन । चरित्रमा डुब्ने उहाँको क्षमताको म कायल छु। 

कलर 
ल्याबेन्डर, लाइट पर्पल कलर मन  पर्छ । ल्यावेन्डर फूल पनि मन पर्छ । म लुगा चुज गर्दा यही कलरको किन्ने गरेको छु। 

ड्रेस 
क्याजुअल ड्रेस नै मन पर्छ । जिन्स,  जिन्सको ज्याकेट मन पर्ने ड्रेसहरु हुन । जुन म प्रायः लगाइरहेकी हुन्छु। 

भेट्न चाहेको व्यक्ति
मलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामा एकदमै भेट्न मन लागेको व्यक्ति हो । उनको ब्याकग्राउन्ड जुन थियो, जसरी ह्वाइटहाउससम्म पुगिन्, त्यो प्रभावित पार्ने किसिमको जीवनशैली थियो । उनका बारेमा जे–जति बुझेँ, जानेँ, त्यसले मलाई प्रभावित नपारिरहन सकेन।

सधैँ भेटिरहन मन लाग्ने व्यक्ति
मेरो साथी सुनीता श्रेष्ठसँग मलाई भेटिरहन मन लाग्छ । उनको सहयोगी भावनाबाट म ज्यादै प्रभावित छु।

चाडपर्व 
मलाई दसैँ–तिहार मनपर्छ । खासमा मलाई तिहार नै बढी मनपर्छ किनभने  घर वरिपरि झलमल्ल बत्ति बाल्न पाइन्छ । अनि फूलैफूलको पर्व पनि हो । तिहारको बेला भाइटीका झनै मनपर्ने दिन लाग्छ  । मेरा धेरै भाइहरु छन् । अरु बेला भेट हुँदैन तर तिहारको बेला सबैजना भेला भइन्छ । यस कारण पनि मलाई तिहार मन परेको हो । भाइटीकाको दिन सबैभन्दा रमाइलो हुन्छ। 

सवारी साधन 
मलाई मोटर साइकल र स्कुटर दुवै चलाउन मन लाग्छ  । मोटरसाइकल मन परे पनि स्कुटर चलाइरहेकी हुन्छु।

मेकअप
मैले नेपालमा आएर कुनै मेकअपका सामान किनेकी छैन । मैले युज गर्ने चिज सबैे लण्डनमा नै किन्ने गर्छु । त्यहाँको मेवलिङ भन्ने ब्रान्ड छ मनपर्ने हुनाले त्यही युज गर्छु।

सपिङ गर्ने स्पेसल ठाउँ
नेपालमा म त्यत्ति धेरै सपिङ गर्दिनँ । सपिङ गर्नै पर्याे भने मात्र दरबारमार्ग, न्युरोड, पिपुल्स प्लाजा जाने गरेकी छु।

मोबाइल ब्रान्ड 
म सामसुङ मोबाइलसेट प्रयोग गर्छु । यो मलाई  सजिलो लाग्छ । अरु फोनभन्दा कन्फर्टेबल हुन्छ । जुन मेरो साथमा भइरहन्छ। 

देश
म नगएको भए पनि भिडियो र लेख पढ्दा ग्रिस जान मन लागेको छ। 

ह्याङआउट गर्ने ठाउँ
मलाई राजधानीमा यस्तो ह्याङआउट गर्ने ठाउँ छैन । काठमाडौँबाहिर पोखरा नै ठीक लाग्छ । पोखराको सराङ्कोट, टुरिस्ट एरिया मनपर्छ। 

नेता 
अहिलेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मन पर्छ । उहाँको बोल्ने शैली, देशका लागि जुन भिजन छ, त्यो मन परेको हो । उनको भिजनले देशलाई राम्रो गर्छ कि भन्ने लागेको  छ। 
                                                                                  प्रस्तुतिः भोला अधिकारी 

प्रकाशित: ७ कार्तिक २०७५ ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App