१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेडविरुद्ध युभेन्टसको कठिन जित

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा युभेन्टसले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। अर्को खेलमा म्यानचेस्टर सिटी र रियल मड्रिडले पनि जित हासिल गरेका छन्।

सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट बाहिरिएपछि दोस्रो पटक ओल्ड ट्राफोर्ड पुगेका रोनाल्डोको टिमले घरेलु टिमलाई १–० स्तब्ध पार्यो। करिब ७४ हजार दर्शकमाझ भएको खेलको १७ औं मिनेटमा नै युभेन्टसले खेलमा अग्रता दिएको थियो। उसका लागि पाउलो डिबालाले गोल गरेका थिए। त्यसपछि म्यानचेस्टर युनाइटेडले खेलमा फर्कन निकै प्रयास गरेपनि सफल हुन सकेन।

जितपछि युभेन्टसले आफ्नो समूहमा ३ खेलबाट ९ अंक बनाएको छ। युनाइटेड भने ४ अंकका साथ दोस्रो स्थानमा छ। सोही समूहको अर्को खेलमा भ्यालेन्सीया र योङ ब्वाइजले एक–एकको बराबरी खेल्दै अंका बाडेका छन्। भ्यालेन्सीया ३ खेलबाट २ अंक जोड्दै तेस्रो र योङ ब्वाइज १ अंकका साथ पुछारमा छ।

प्रकाशित: ७ कार्तिक २०७५ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App