डलर मूूल्य वृद्धि : कारण र असर

बुधबार, ०७ कार्तिक २०७५, ०९ : ४९ डा. बद्री पोख्रेल

अहिले अमेरिकी डलर नेपाली मद्रासँगको विनिमय दरका हिसाबले निकै माथि पुगेको छ । एकसय १६ रुपियाँभन्दा बढीमा कारोबार भएको खबरले नेपाली रुपियाँ दिएर डलर साट्नेहरू निराश र खिन्न बन्न थालेका छन् । अमेरिकी अर्थतन्त्रमा आएको सुुधार नै डलर मूूल्यवृद्धिको कारण भएको विश्लेषण हुुन थालेको सुुनिन्छ । नेपालको सम्बन्धमा नेपाली मुुद्रा भारतीय मुुद्रासँग स्थिर विनिमयदर कायम गरिँदै आएको हुुुँदा अमेरिकी डलरसँग भारतीय मुुद्राको मूूल्य घटबढ हुनेबित्तिकै त्यसको असर नेपालमा परिहाल्छ । अहिले भारुसँग डलरको विनिमय दर भारु ७२ देखि ७३ सम्म छ । जब कि भारत बेलायतको उपनिवेशबाट स्वतन्त्र हुुँदा सन् १९४७ मा भारु र डलरको विनिमय दर एउटै थियो । त्यसको पाँच वर्षपछि १ डलरको भारु ४.७५ पुुगेको थियो । सन् २००० मा आइपुुग्दा प्रतिडलर भारु ४५ पुुग्यो । अहिले भारु ७३ दिएपछि मात्र १ अमेरिकी डलर पाउन सकिन्छ । भारु र नेरुबीच स्थिर विनिमय दर कायम गर्दाका फाइदा बेफाइदाका सम्बन्धमा चर्चा गर्नुु यो आलेखको उद्देश्य होइन । भारुसँग नेरुको स्थिर विनिमय दर कायम गरिएकाले भारु दरकै अनुुपातमा नेरुको मूूल्य (१.६८७३) ११६ पुुग्न गएको विषय मात्र यहाँ उठाउन खोजिएको छ । यो दृष्टिबाट हेर्दा भारु अवमूूल्यनकै कारणले नेरु स्वतः अवमूूल्यन हुुनपुुगेको हो भन्न सकिन्छ।

भारतीय अर्थतन्त्र अमेरिकी अर्थतन्त्रको दाँजोमा नराम्रो भएर यो स्थिति आएको भन्ने अनुमान प्रायः सबैको पाइन्छ । तर अर्थशास्त्रीहरू भारतीय अर्थतन्त्र कमजोर भएर मात्र यो अवस्था आएको मान्न तयार छैनन् । विश्व वजारमा धेरै देशको मुुद्राको तुुलनामा अमेरिकी डलर बलियो हुुँदै आएकाले यस्तो हुुन पुुगेको भन्ने तर्क धेरैले गरेका छन् । डलर बलियो बन्दै गएपछि त्यसप्रति लगानीकर्ताहरू आकर्षित हुुन थाले । भारतीय अर्थतन्त्र नराम्रो नभए पनि त्यो गतिमा जान नसकेकाले भारतीय मुुद्राको मूूल्य घट्न गएको हो भन्ने अर्थशास्त्रीहरूको विश्लेषण पाइन्छ । डलर बलियो बन्दै गएपछि त्यसप्रति लगानीकर्ताहरू आकर्षित हुुने क्रम भने तीव्र देखिन्छ । भारतीय अर्थतन्त्रको अवस्था केलाउँदा विगत वर्षहरूमा भारत सरकारले भारु ५०० र १ हजार दरका नोट अकस्मात् चलनचल्तीबाट हटाएको थियो । यो घटनाले नेपाली लगायत धेरै धेरै छिमेकी देशका व्यक्ति र संस्थाहरू मारमा परे । त्यतिमात्र नभएर विश्व बजारमा नै भारतीय मुुद्राप्रतिको विश्वासमा धक्का प-यो । यद्यपि भारतले तस्करी र भ्रष्टाचार नियन्त्रण गर्न यस्तो कदम चाल्नुुपरेको बताएको छ । भारत सरकारको यो कदमले तस्करी नियन्त्रण गर्न सघाउ पुुग्यो होला तर विश्व बजारमा भारतीय मुुद्रा र भारतीय मौद्रिक नीतिप्रति आशङ्का भने रहिरह्यो । यो समेत कारणले गर्दा भारतमा पनि आयात बढ्न थाल्यो । विदेशी लगानी बढ्नुुका साटोे निर्णय भइसकेका लगानीका आयोजनाहरू कत्ति बीचमै रोकिए र कत्ति फिर्ता पनि भएका खबर बाहिर आए।

अर्थतन्त्रको आकार र क्षमता हेर्दा नेपालले धान्न सक्ने कति हो भन्ने प्रश्न साह्रै महत्वपूर्ण छ।

अमेरिकी अर्थतन्त्रमा भने धमाधम वृद्धि आउन थाल्यो । अर्थशास्त्रीहरूको भाषामा ट्रम्प इफेक्टका कारण अर्थतन्त्रमा बढोत्तरी हुँदै आयो । ट्रम्प प्रशासनले घरेलुु अर्थतन्त्र बलियो बनाउने नीति लिनुु, आयातमा भन्सार बढाइदिनु, बेरोजगारीलाई सम्बोधन हुुनेगरी अध्यागमनमा कडाइ गर्नुु, डिभीको प्रक्रियामा नियमन गर्नु, मुुस्लिम देशका नागरिकलाई स्थायी आवास सुुविधा (ग्रीन कार्ड) रोक्नुु, जस्ता राष्ट्रपति ट्रम्पका नीतिले अमेरिकी अर्थतन्त्र बलियो हुँदै आयो । यद्यपि ट्रम्पलाई राजनीतिको ज्ञान नभएको भनेर आलोचना भने भइरहेको छ।

नेरु–डलर मूूल्य
भारतसँगको स्थिर विनिमय दरको कारणले भारतीय मुुद्राको मूूल्य घट्दा नेपाली मुुद्राको पनि मूूल्य घट्नुु स्वाभाविकै हो । अर्थतन्त्रको आकार र क्षमता हेर्दा नेपालले धान्न सक्ने कति हो भन्ने मात्र अहिलेको प्रश्न हो । अहिले जुुन गतिले अमेरिकी डलरको मूूल्य बढ्यो र २ महिनाकै अवधिमा रु. १०३ बाट ११८ पुुग्यो, त्यसले भने नेपालले अब भारतसँगको स्थिर विनिमय दरमा पुुनर्विचार गर्नुुपर्नेतर्फ पनि सोच्नुुपर्ने हो कि भन्ने देखायो । यो अवस्थामा नेपाल र भारतका बीचको आर्थिक, व्यापारिक सम्बन्ध, भारतबाट प्राप्त भइरहेको सुुविधा र प्रत्यक्ष वैदेशिक लगानी, भारतमा काम गरेर पठाइएको विप्रेषण र भारतसँगको स्थिर विनिमय दरमा परिवर्तन गरेर बास्केट प्रणाली कायम गर्दा पर्न सक्ने राम्रा र नराम्रा असरहरू हेरेर उचित निर्णय लिनुपर्ने देखिन्छ।

यद्यपि मुुद्राको मूूल्य कमजोर हुुनुु सबै पक्षबाट नराम्रो होइन । वस्तुु उत्पादनमा ‘वात्साह’को दर्जा पाएको चीन आफ्नो मुुद्रा कमजोर बनाउन चाहन्छ भन्ने आरोप लाग्ने गरेको पनि छ । सर्सर्ती हेर्दा ठूूलो परिमाणमा वस्तु उत्पादन गरेर विश्व बजारमा पुु-याउने रणनीति लिने चीन जस्ता देशको मुुद्रा (युुआन) कमजोर भयो भने रणनीति सफल बनाउन सजिलो हुुन्छ । कुुनै पनि निर्यात वृद्धिका सम्भावना भएका देशहरूमा मुुद्राको मूल्य घटेर बेफाइदा हुुँदैन । तर नेपालजस्ता आयातमुुखी देशहरूको सम्बन्धमा कम मूूल्यमा निर्यातयोग्य वस्तुु उत्पादन हुुने अवस्था नहुुने हुुँदा र आयात र ऋणमा अर्थतन्त्रको ठूूलो हिस्सा निर्भर हुुने भएकाले मूूद्राको मूूल्य घट्नुु राम्रो हुुँदैन/मानिँदैन।

डलर–मूूूल्य घटबढ हुँदाका असर
१) स्वदेशको मुद्राको मूूल्य घट्छ । फलतः नुनदेखि सुुनसम्मका वस्तुु आयात गर्नुुपर्ने नेपाल जस्ता देशलाई डलरको मूूल्य बढ्नेबित्तिकै आयात महँगो पर्न जान्छ।

२) ऋणको साँवा र ब्याज बढ्छ । नेपालजस्ता ठूूलो मात्रामा विदेशी ऋणमा निर्भर अर्थतन्त्र भएका देशलाई ऋण तिर्न महँगो पर्छ।

३) विदेशी लगानी बढ्ने सम्भावना हुन्छ । डलरको मूूल्य बढेपछि डलरमा आउने लगानीको महत्व बढी हुुन्छ।

४) विप्रेषणबाट हुुने आम्दानी बढ्छ । विदेशमा कमाएर डलरको मूल्यमा नेपालमा भित्रिने रकममा वृद्धि हुुन्छ।

५) निर्यात बढ्छ । नेपाली मुुद्राको मूूल्य घटेर डलरको मूूल्य वृद्धि हुुँदा निर्यातबाट फाइदा पुुग्छ।

६) स्वदेशमा उत्पादन गरेर कमाउनुुभन्दा विदेशतिरै गएर कमाउन सजिलो हुुनेतिर दृष्टि पुुग्न थाल्छ।

७) नाफा घट्छ । विदेशी लगानीकर्ताहरूले लैजाने नेपाली मूूल्यको नाफा घट्छ।  

समग्रमा डलरको मूल्य बढ्दा वा नेपाली मुुद्राको मूूल्य घट्दा सबै बेफाइदा वा सबै फाइदा हुुने होइन । घटबढ भएको अवस्थामा लिनुुपर्ने उचित कदमबाट मात्र घटबढबाट हुुने फाइदा बेफाइदाको आँकलन गर्न सकिने हुन्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

भिभोको पहिलो AR ग्लास

भिभोको पहिलो AR ग्लास

चाइनिज कम्पनी भिभोले आफ्नो पहिलो अग्मेन्टेड रियालिटी ग्लास अर्थात् AR ग्लासको बारेमा जानकारी प्रदान गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंक लिमिटेडको शाखा दाङको लालमटीयामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा...

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई पे र आइसीएफसी फाइनान्सवीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्ष चयन

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८औं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्य ज्यू लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको...

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमनले जित्यो मुम्बईमा फ्लेम अवार्डस्

लेमन, नेपालको वृहत् एक्टिभेसन एजेन्सीले मुम्बई, भारतमा आयोजित फ्लेम अवार्डस् २०१९ मा विजय प्राप्त गरेको छ । एजेन्सीले विभिन्न विधाहरुमा...

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

वानप्लस ७ प्रोमा एक वर्षसम्मको इन्शुरेन्सको सुविधा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । ...

आइफोनमा iOS १३  कसरी इन्स्टल गर्ने ?

आइफोनमा iOS १३ कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३ को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ ...

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...