१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्रका ६ एसएसपीकाे डीआइजीमा बढुवा सिफारिस

काठमाडौं –  सशस्त्र प्रहरी वलका ६ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरूलार्इ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा वढुवाका लागि सिफारिस भएको छ। बढुवा समितिको मंगलवार बसेको वैठले सशस्त्र प्रहरी सेवा, साधारण समूह र साधारण उपसमूह तर्फ रिक्त प्रहरी नायव महानिरीक्षक पदमा प्रहरी उपरीक्षकहरुको वढुवा सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुनेमा प्रजाभक्त श्रेष्ठ, राम प्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, गोविन्द क्षेत्री छन्।

विवादित एसएसपी पौडेललाई पनि बढुवामा सिफारिस गरिएको छ। शान्ति स्थापना तालिम केन्द्रमा रहँदा जवानहरुलाई घर विदामा छाडेर राशन घोटला गरी आर्थिक अनियमितता गरेको अभियोग लागेका पौडेललाई बढुवामा सिफारिस गरिएको हो। हालका एआइजी पुस्पराम केसी पूर्व क्षेत्रको प्रमुख हुँदा चेनअफ कमाण्ड नमानेको भन्दै उनलाई कारवाही समेत गरिएको थियो।

अहिले बढुवा भएका अर्याल, पौडेल र गौतम मध्ये एक जना भावी नेतृत्वका दावेदार हुन्। श्रैष्ठद्धय र क्षेत्रीले अवकाश पाएपछि उनीहरु भावी नेतृत्वका लागि प्रतिस्पर्धामा रहनेछन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App