१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

डिआईजीको सरुवाः मेट्रोमा थापा, सिआइबीमा शाही र अख्तियारमा ज्ञवाली

काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी डिआइजी शैलेस थापाले पाएका छन्। थापा यसअघि प्रहरी प्रवक्ता थिए। एसएसपीबाट भर्खरै डिआइजीमा बढुवा भएका थापाले मेट्रोको जिम्मेवारी पाएका हुन्।

त्यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को जिम्मेवारी निरज शाहीले पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ठाकुर ज्ञवालीलाई पठाइएको छ। लागुऔषध ब्यूरोमा दिनेश अमात्य, विशेष ब्यूरोमा कमल जिटी, एकेडेमीमा प्रध्युम्न कार्की, त्रिभुवन विमानस्थलमा शेरबहादुर बस्नेत, प्रदेश नम्बर २ मा हरि पाल, प्रदेश नम्बर ५ मा पिताम्बर अधिकारी, प्रबन्धमा नारायणसिंह खड्का र प्रहरी महानिरीक्षकको सचिवालयमा बिनोद शर्मा घिमिरेलाई पठाइएको छ। 

त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम राज सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकेका छन्।

प्रकाशित: ६ कार्तिक २०७५ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App