१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पूँजीगत खर्च सात प्रतिशतमात्रै

फाइल तस्बिर

काठमाडौ–सरकारले समयमै चालू आर्थिक वर्षको बजेट सार्वजनिक गरे पनि पूँजीगत खर्चमा उत्साहजनक वृद्धि हुन नसकेको पाइएको छ।

सरकारले सार्वजनिक गरेको चालू आव शुरु भए यता सोमबारसम्मको राजश्वको लक्ष्य र खर्चको विवरणअनुसार पूँजीगत खर्च लक्ष्यअनुसार बढ्न नसकेको हो।

चालू आवको तीन महिना सकिँदा ७ दशमलब २० प्रतिशत मात्रै पूँजीगत खर्च हुन सकेको छ । चाडबाड तथा ठेक्का प्रक्रियामा समय लागेका कारण पनि खर्चमा सोचेअनुसारको प्रगति हुन नसकेको हो । सरकारले गत जेठ १५ गते चालू आवको बजेट प्रस्तुत गरेको थियो । खर्चको अख्तियारीसमेत समयमै दिएको थियो । तर यस अवधिमा विकास निर्माणको काममा भने सोचेअनुसार प्रगति हुन सकेको छैन। 

यस्तै सोमबारसम्म सरकारले २ खर्ब ३१ अर्ब ३८ करोड बराबरको राजश्व सङ्कलन गरेको छ । सरकारले चालू आवमा ९ खर्ब ४५ अर्ब ५६ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । कूल लक्ष्यको २४.५२ प्रतिशतले राजश्व सङ्कलन भएको छ।रासस

 

प्रकाशित: ६ कार्तिक २०७५ १२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App