१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘रोयल इन्फिल्ड ४११ नेपाली बजारमा सार्वजनिक

काठमाडौँ– हिमालयन ‘रोयल इन्फिल्ड ४११ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता दुग्गड ब्रर्दश एण्ड सन्स प्रालिले बिहीबार राजधानीमा एक कार्यक्रमका बिच ‘रोयल इन्फिल्ड ४११ सार्वजनिक गरेको हो।

कम्पनीले  आफ्नो नयाँ उत्पादनले युवा पुस्ताको मन जित्ने विश्वास लिएको छ। कम्पनीले यस बाइकको मूल्य ५ लाख  ६१ हजार रुपैयाँ तोकेको छ।

कार्यक्रममा बोल्दै रोयल इन्फिल्डका सेल्स, सर्भिस र स्पेयर्स प्रमुख शाजी  कोशीले आफुहरुले नेपाली भूगोललाई  सुहाउँदो र युवा पुस्ताको रोजाइमा  ‘रोयल इन्फिल्ड ४११ सार्वजनिक गरेको बताए। ‘नेपाललाई सुहाउँदो बाइक हामीले नेपाली बजारमा भित्राएका छौं,’ उनले भने, ‘आशा छ यसले नेपाली युवापुस्ताको मन जित्ने छ।’

नयाँ सार्वजनिक गरेको बाइक ४ सय ११ सिसीको रहेको र यसको पेट्रोल ट्याङक १५ लिटरको रहेको कम्पनीले जनाएको छ। यस बाइकले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।

कम्पनीले यस बाइकमा एलएस ४१० इन्जिन जडान भएको तथा बाइकमा नेपालको सडकलाई मध्यनजर गर्दै २ सय ४० मिमि अगाडी र ३ सय मिमि  पछाडी डिसब्रेक रहेको जनाएको छ। हाल नेपाली बजारमा यो बाइक बुलेट, क्लासिक, कन्टिनेन्टल र थन्डरभोल्टेर मोडलमा उपलब्ध भएको र ग्रेनाइट र स्नो गरि दुई रंगमा उपलब्ध भएको कम्पनीले जनाएको छ।
 

प्रकाशित: ६ आश्विन २०७३ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App