१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विश्वका १० घुम्न लायक सहरमा काठमाडौं

काठमाडौं- विश्वका १० घुम्नलायक सहरमाको सूचीमा काठमाडौं पनि परेको छ। लोन्ली प्लानेटले १० सहरको सूची निकाल्दै काठमाडौंलाई पाँचौं नम्बरमा समेटेको हो।

तीन वर्ष अघि भूकम्पले क्षति पुगेको सहरले पर्यटकलाई स्वागत गर्न तयार रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ। हर्न निधषेध गरिएको, पुरातात्विक सहर र हिमाली क्षेत्र प्रवेशको ढोकाको रुपमा समेत सहरको परिचय दिइएको छ।

उनसले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन रहेको छ। यस्तै दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौंथोमा अमेरिकाको मायामी र पाँचौमा काठमाडौं रहेका छन्। यस्तै क्रमस मेक्सिकोको मेक्सिकोको सिटी, सेनेगलको डाकार, अमेरिकाको सेट्ली, क्रोएसियाको जदार र मोरक्कोको मेकिन्सलाई समेटिएको छ।

काठमाडौंका १० स्थानमा हनुमान ढोका, इटुम बहाल, गार्डेन अफ ड्रिम्स, असन, केसर क्याफे, दरबार स्क्वायर, नासल चोक, सेतो मछिन्द्रनाथ मन्दिर, कुमारी बहाल, तलेजु भवानी लगायतका स्थानलाई समेटिएको छ।

 

 

 

प्रकाशित: ६ कार्तिक २०७५ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App