१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मन्दिर निर्माणका लागि सहयोग

काठमाडौं – देवीको मन्दिर बनाउन कागेश्वरी मनोहरा नगरपालिका–१, भोर्लेटारका १४ बालबालिकाले चन्दा दान गरेका छन् । महानवमीका दिन आयोजना गरिएको कार्यक्रममा सातदेखि १० वर्ष उमेरका बालबालिकाले १० रुपैयाँ उठाउन थालेपछि चन्दा कार्यक्रम थालिएको थियो।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले ४९ हजारको चेक हस्तान्तरण गरे भने साविक गागलफेदी गाविसका पूर्वअध्यक्ष विश्वराज श्रेष्ठले ४० हजार दान गरेका छन् । सो कार्यक्रमबाट ८९ हजार उठेको छ जसबाट भीमादेवीको मन्दिर बनाइने जनाइएको छ । मन्दिरको निर्माण नवगठित भोर्लेटार विकास संस्थाले गर्नेछ।  (रासस)

प्रकाशित: ६ कार्तिक २०७५ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App