१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिपर दुर्घटनामा एकको मृत्यु, दर्जन बढी घाइते

मेलम्ची- जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। 

बा४ख ९०१७ नंको टिपर साेमवार सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन्। उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए। 

दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए। 

प्रकाशित: ५ कार्तिक २०७५ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App