१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कृष्णनगरमा कर्फ्यू हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु- दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले लगाएको कर्फ्यू बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ। कर्फ्यू हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ। 

शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो। विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो। तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। 

विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउँछन्। शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ। घटनाको अधिकारकर्मीले अनुगमन गरेका छन्। 

प्रकाशित: ५ कार्तिक २०७५ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App