१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यु–१९ महिला टोलीको बिदाइ, सोमबार थाइल्याण्ड जाने

तस्बिर साैजन्यःएन्फा

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।

यही कात्तिक ७ देखि ११ गतेसम्म थाइल्यान्डको चोनबुरी रङ्गशालामा हुने उक्त छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे।

गत असोजमा भुटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल यसपटक शीर्ष स्थान हासिल गर्ने लक्ष्यका साथ सोमबार थाइल्याण्ड जान लागेको हो। छनोट खेलमा नेपाल समूह बी मा परेको छ। नेपालको समूहमा आयोजक थाइल्याण्डसहित भारत र पाकिस्तान छन्।

नेपालले आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग खेल्नेछ। कात्तिक ९ गते हुने दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेछ भने छनोटको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो चरणमा विभिन्न छ समूहमा २५ राष्ट्रले प्रतिस्पिर्धा गर्दैछन्। जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छन् भने प्रत्येकका समूहबाट उत्कृष्ट हुने दुई उपविजेताले पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन्।   

नेपाली टोली
गोलरक्षकः
अञ्जना रानामगर, उषा नाथ र रविता राई

डिफेन्डरः निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान र पूजा रानामगर

मिडफिल्डरः सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुवानी कुस्वार, सिर्जनासिंह ठकुरी र सम्झना लावती 

फरवार्डः रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झाना शर्मा छन्। 

 

प्रकाशित: ४ कार्तिक २०७५ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App