१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रिमियर लिगः इन्जुरी समयको गोलसँगै चेल्सी हारबाट जोगियो

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन्। प्रतियोगिताअन्तर्गत शनिबार राति स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा युनाइटेड बराबरीमा चित्त बुझाउन बाध्य भयो भने चेल्सी हारबाट जाेगिएकाे छ। 

खेलको २१ औं मिनेटमा रुडीगरको गोलमा चेल्सीले अग्रता लिएपनि ५५ औं मिनेटमा युनाइटेडका एन्थोनी मार्सियलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ७३ औं मिनेटमा पुन मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएपनि दोस्रो हाफको इन्जुरी समयमा रोस बार्कलीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

तर त्यसपछि कुनै टोलीबाट गोल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाडेका छन्। बराबरीपछि ९ खेलबाट २१ अंकका साथ चेल्सी तेस्रो तथा १४ अंकका साथ युनाइटेड नवौं स्थानमा पुगेका छन्। 

 

प्रकाशित: ३ कार्तिक २०७५ १७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App