१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तरीमा महिलाको हत्या

सप्तरी- सप्तरीमा एक एकल महिलाको हत्या भएको छ। राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालय प्रमुखको निवाससँग जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशा देवको हत्या भएको प्रहरीले जनाएको छ। 

मृतकको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अनुमान प्रहरीको छ। रक्ताम्य अवस्थामा शुक्रवार बिहान उनको शव फेला परेको हो। मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको छ। प्रहरीका अनुसार टाउकोमा छ इन्च लम्बाइ र चार इन्च चौडाइको गहिरो खत रहेको छ। 

रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ। शव परीक्षणका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २ कार्तिक २०७५ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App