१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर पल्टिँदा एकको मृत्यु

कलैया- नाच हेरेर मेलाबाट फर्किने क्रममा ट्याक्ट्रर पल्टिँदा एकजनाको मृत्यु भएको छ। ना४त ३५९१ नंको ट्याक्ट्रर पल्टिँदा आदर्श गाउँपालिका–३ का १६ वर्षीय बदन मुखियाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिए। 

ट्याक्ट्रर पल्टिँदा सोही ठाउँका कृष्णनन्दन घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दशैँको अवसरमा चिउटाहामा लागेको मेलामा बतराका युवाहरु ट्याक्ट्रर चढेर नाच हेर्न आएका थिए। तीव्रगतिका कारण ट्याक्ट्ररको दुर्घटना हुन सक्ने अनुमान प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २ कार्तिक २०७५ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App