१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

धनुषा – धनुषाको धनुषाधाम नगरपालिकामा बिहीबार बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय धनुषाधामले दिएको जानकारीअनुसार धनुषाधाम–४ लक्ष्मीपुरमा माटोको ढिस्कोमा परेर यसै नपाको वडा नं ९ धारापानी बस्ने रामअवध यादवकी आठ वर्षीया छोरी सिर्जनाकुमारी यादवको मृत्यु भएको हो। 

तराई मधेशमा तिहार र छठ नजिकिँदै गर्दा माटोले घर लिपपोत गर्ने प्रचलन रहेको र बालिका माटो खन्न गएका बेला माथिबाट ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

इप्रका धनुषाधाम इन्चार्ज प्रहरी निरीक्षक प्रकाश दाहालले माटो खन्न गएका अरु दुई बालिका मिका पण्डित र रञ्जिता पण्डित घाइते भएको बताए।  

प्रकाशित: १ कार्तिक २०७५ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App