१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मामाघर आएका बालकको डुबेर मृत्यु

सप्तरी – दसैं मनाउन मामाघर आएका एक बालकको कोशी नदीमा डुबेर मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा नुहाउने क्रममा सुनसरी भोक्राहा–३ का जयानन्द यादवका छोरा १५ वर्षीय अविनाश यादवको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित मामाघर आएका उनी आधा घण्टाको दुरीमा रहेको स्थानमा नुहाउन गएका थिए। बालकसँग नुहाउन गएका मामाका छोरा र सानीआमाका छोराले बचाउने प्रयास गरेपनि कोशी नदीको भङ्गालोमा फसेकाले बचाउन नसकेको परिवारका सदस्यले बताएका छन्।

बालकको मृत्युले माइज्यु पिंकी यादव, मामाघरकी हजुरआमा धनेश्वरीदेवी र उनकी देवरानी हरीहरदेवी बेहोस भएका छन्। अचेत अवस्थमा उनिहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच सप्तरीको सप्तकोशी नदीमा करिब ६५ वर्षीया एक वृद्धाको शव फेला परेको छ। कोशी ब्यारेजको ढोका नम्बर ५२ र ५३ को मध्यभागमा अडकिएको अवस्थामा वृद्धाको शव निकालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ। शवको परीक्षण राजविराजस्थित अञ्चल अस्पतालमा गरिएको छ । अहिलेसम्म शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।    (रासस)

प्रकाशित: १ कार्तिक २०७५ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App