१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाठ्यक्रममै योग शिक्षा राखिने : मन्त्री पोखरेल

बर्दिवास- महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ। बडादशैँको फूलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैँ योग साधनामा सामेल भएर शुभारम्भ गरे। 

सो अवसरमा मन्त्री पोखरेलले योगले शरीरमात्र नभई मन, बिचार र कामप्रतिको लगनलाई पनि स्वस्थ्य राख्ने बताए। सद्बिचार, सद्आचरण र सत्कर्म अवलम्वनमा योगले सघाउने उनको भनाइ छ। 

“योगले मानव मन र शरीरलाई जोड्ने कुरा विज्ञानले पुष्टि गरेको छ” मन्त्री पाखरेलले योग शिविरमा सहभागीलाई हाैस्याउँदै भने, “अब योगलाई शिविरमा मात्र होइन, आफ्नै घरमा नियमित दैनिक तालिकामा गाभ्नुहोस्।” वर्तमान सरकारले योगलाई उच्च प्राथमिकतामै राखेर अब माध्यमिक तहको पठनपाठनमा पाठ्यक्रममै राख्न लागेको उनले जानकारी गराए।

विश्व स्वास्थ्य सङ्गठनले ६२ प्रतिशत नसर्ने रोगको भयानकता बताएको तर्फ इङ्गित गर्दै योगले यो भयानकता नियन्त्रण गर्ने मन्त्री पोखरेलको भनाइ थियो। रासस

प्रकाशित: ३१ आश्विन २०७५ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App