‘जनताको समस्या हल गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा छ’

बुधबार, ३१ असोज २०७५, १२ : ०२ नागरिक

कञ्चनपुर- चुनावमा गरिएका वाचा अक्षरसः पालना गर्न प्रतिवद्ध रहेको मङ्गलबार दशैँका अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागी सांसदहरूले बताएका छन्। जनताले समस्या समाधान गर्ने जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्ने दायित्व काँधमा आएको प्रतिनिधिसभाका सांसद नरबहादुर धामीले बताए। हामी जनताका भरिया हौँ उनले भने, “चुनावमा उठाइएका मुद्दा थाँती राख्दैनाैं।” 

प्रतिनिधिसभामा गरीब बस्तीका आधारभूत सुविधाका कुरासँगै वर्षौदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गाको लालपूर्जा, आरक्ष विस्थापित पुनःस्थापनका कुरा, मुक्तकमैया, बाढीपीडित र सुकुम्वासीका कुरा उठाएको चर्चा गर्दै उनले कानूनले पूर्णता पाउने बित्तिकै सबै कुरा पूरा हुने प्रतिबद्धता व्यक्त गरे। 

सुदूरपश्चिम प्रदेशका सदस्य महेशदत्त जोशीले प्रदेशमा कर्मचारी अभाव हुँदा कार्य अगाडि बढाउन समस्या रहेको बताए। “प्रदेशका खटाइएका कर्मचारी आएका छैनन्। आउनेलाई एक तह बढुवा गर्ने भनेका छौँ। त्यसपछि पनि नआए कारवाही गर्ने प्रदेश सरकारको तयारी रहेको छ” उनले भने। 

सर्वसम्मत रूपमा प्रदेशको राजधानी गोदावरी तोक्ने कार्य गरिएको बताउँदै उनले कतै पनि असहमति नभएको जिकिर गरे।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नगरपालिकाको विकासका लागि द्रूतगतिमा कार्य अगाडि बढाइएको बताए। निजी स्रोतमा पढाउँदै आएका शिक्षकको तलबका लागि नगरपालिकाले बजेटको व्यवस्था गरेको उनको भनाइ थियो। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad