१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विद्युत निर्यातले देश धनी हुन सक्छः नेता नेपाल

रौतहट– नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युत निर्यात गरेर देश धनी हुन सक्ने बताएका छन्। जल सम्भावनामा विश्वको दोस्रो ठूलो धनी देश नेपालबाट उत्पादित हुने विद्युत बेचेर देश धनी हुने सम्भावना रहेको उनले औल्याए। बंगलादेशले मात्र नेपालसित ४० हजार मेगावाट विद्युत खरिद गर्न खोजेको बताउँदै देशको बिजुली उत्पादनले आन्तरिक तथा बाह्य समृद्धि ल्याउने उनको भनाई छ।

गृहजिल्ला रौतहटको गरुडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले नेपालमा वार्षिक दुई अर्ब पर्यटक भित्रिन सक्ने सम्भावना रहेको पनि बताए। नेपालमा वर्षेनी आउने पर्यटकको संख्या अन्य पर्यटकीय देशहरुको तुलनामा कम भएकोले देशका नेताहरुले आपसी झगडा र मनोमालिन्यलाई छोडेर विकासतिर ध्यान दिए देशमा वर्षेनी दुई करोड पर्यटक ल्याउन सकिने उनको भनाई छ। 

देशमा हिन्दूका आराध्य देव पशुपतिनाथ र जानकी मन्दिर रहेको, बौद्ध धर्मावलम्बीको लागि लुम्बिनी रहेको, पर्यटनको अपार सम्भावना रहेको तथा विश्वको दोस्रो ठूलो जलसम्भावना रहेको देशले ठूलो उपलब्धि हासिल गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए।

देशका ७ प्रदेशमध्ये ६ प्रदेशमा नेकपाको सरकार रहेको र प्रदेश २ मा पनि नेकपा सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको बताउँदै प्रदेश २ मा आवश्यक परे नेकपाको सरकार बन्ने सम्भावनातर्फ उनले संकेत गरे। देशका ५३ प्रतिशत मतदाताले नेकपालाई मत दिएको बताउँदै नेता नेपालले जनताको हिसाबले पूर्ण बहुमत र जनप्रतिनिधिको हिसाबले दुई तिहाई बहुमतको नेकपाको सरकार रहेको र यसले समृद्ध नेपाल बनाउने बताए।

कार्यक्रममा संसदको विकास समितिको सभापति कल्याणी खड्काले देशको विकासमा नेकपा सरकारले सम्पूर्ण शक्ति लगाएको बताइन । 

प्रकाशित: ३० आश्विन २०७५ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App