१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुवा खेल्ने पक्राउ

काठमाडौं – महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार मध्यराति एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको छ ।

सोह्र थान कौडासहित पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय कान्छा शेर्पा, ४१ वर्षीय टासी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दीप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेका छन् ।

प्रकाशित: ३० आश्विन २०७५ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App