१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चितुवाको छालासहित ३ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित सोमबार तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौंका एकजना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

एकजनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको उनले बताए। उनीहरूबाट चितुवाको आखेटोपहारसहित एक थान छाला बरामद गरिएको ब्यूरोले जनाएको छ। पक्राउ परेका तीनैजनालाई आजै कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ तथा साइटिस महासन्धी–१९७५ अनुसार उनीहरूलाई कारवाही गरिने ब्यूरोले जनाएको छ।  (रासस)

प्रकाशित: २९ आश्विन २०७५ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App