१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सञ्जय र मञ्जु सम्मानित

काठमाडौं- राष्ट्रिय भलिबल खेलाडीद्वय सञ्जय अर्याल र मञ्जु गुरुङ बुधबार सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन्। उनीहरूलाई प्रतिष्ठानको तर्फबाट पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनही २५ हजारसहितसम्मानित गरेका थिए।खेलाडीलाई अभिनेता धिरेन शाक्य र प्रतिष्ठानका अध्यक्ष विश्वविजय जोशीले सम्मानपत्र प्रदान गरे।

सम्मानितखेलाडीद्वय नेपाली भलिबलका सफल खेलाडी हुन्। मञ्जुले महिला टोलीबाट दुई दक्षिण एसियाली खेलकुद(साग) मा पदक जितेकी छन्। उनले१०औं कोलम्बो सागमा कांस्य र १२औं सागमा कांस्य पदक जितेकी थिइन्। नेपालले दुई वर्षअघि काठमाडौंमा प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा रजत पदक जित्दा मञ्जु उपकप्तान थिइन्। घरेलु भलिबलमा मञ्जुले ज्ञानुबाबा उमाविबाट पाँचपटक ढोरपाटन कप, दुईपटक उत्कृष्ट खेलाडी, मोस्टभ्यालुएबल र पिलर अफ नेसन अवार्ड पाएकी थिइन। उनी स्पोर्टस अवार्डमा लोकप्रिय वर्ष खेलाडी पनि भएकी थिइन्।

पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले भने, 'हाम्राखेलाडीले राष्ट्र र जनतालाई खुसी दिएका छन्। भलिबलनेपालको माटो सुहाउँदो खेल भए पनि पछाडि परेको छ। यसको सबै मिलेर विकास गर्नुपर्छ। मलाई पनि मनपर्ने खेल भलिबल नै हो।'

उनले थपे , 'खेलाडी राष्ट्रको पहिचान हुन्। उनीहरूको सफलतामा राष्ट्रले गर्व महसुस गर्छ। उनीहरूलाई सम्मान र प्रोत्साहन जस्ता कार्यक्रम हुनु जरुरी छ। सम्मान गर्ने अवसर दिएकोमा प्रतिष्ठानलाई धन्यवाद।'

सम्मानितसञ्जयले पनि नेपालबाट दुई साग खेलकुदमा भाग लिएका थिए। तीन वर्षअघि काठमाडौंमा नेपालले दक्षिण एसियाली आमन्त्रण पुरुष भलिबल च्याम्पियनसिपमा रजत जित्दा उनी उपकप्तान थिए। घरेलु भलिबलमा सञ्जय नेपाल पुलिस र मञ्जु पश्चिमाञ्चल टोलीबाट खेल्छन्।

आयोजक प्रतिष्ठानका अध्यक्ष जोशीले संस्थाले विगतदेखि नै खेलाडीलाई प्रोत्साहन गर्दै आएको स्मरण गराए।

'हामीले हरेक वर्षसञ्जय मास्केको स्मृतिमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएका छौं। सामाजिक विकास, खेल र खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गरेका छौं। तर खेलाडीलाई सम्मान गर्न पाउँदा हामीलाई खुसी लाग्छ। सम्मानले उहाँहरूको खेल करिअरमा थप उर्जा थप्नेछ।'

सम्मानित सञ्जयले नेपालमा राष्ट्रिय स्तरको खेलाडी भएर जीवन यापन गर्न कठिन अवस्था रहेको गुनासो गरे। उनले भने, 'भन्दा हामीलाई दुःख लाग्छ। नेपालमा विभागीय क्लब नभएको भए नेपाली खेलकुदको स्तर कहाँ पुग्थ्यौं। खेलाडीले मैदानमा जति मिहिनेत गर्छन् संघका पदाधिकारीले सक्रिय भएर काम गरेको भए खेलाडीको थुप्रै समस्या समाधान हुन्थ्यो।'

प्रतिष्ठानकी संरक्षक निरोज मास्केले भविष्यमा पनि खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइन्। उनले भनिन, 'हामीले दुई वर्षअघि दुई खेलाडी सम्मान गरेका थियौं। भलिबलको राष्ट्रिय स्तरको प्रतियोगिता धेरै हुन्छन् तर खेलाडीलाई सम्मान र हौसला दिने कार्यक्रमको अभाव छ।'

प्रतिष्ठानबाट राष्ट्रिय टोलीकाकप्तान इम राना र महिला टोलीकी पूर्व कप्तान नीता शाह सम्मानित भएका थिए। सम्मानबाट मञ्जुले भविष्यमा थप मिहिनेत र उपलब्धि हासिल गर्न हौसला मिलेको बताइन्। उनले भनिन्, 'सम्मान गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यवाद। खेलाडीलाई यस्ता सम्मानले हौसला थप्छ र खेलमा थप मिहिनेतगर्न प्रेरणा मिल्छ।'

प्रकाशित: ६ आश्विन २०७३ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App